२०८२, २ असार सोमबार | Mon Jun 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिहानै सिसडोल पुगे काठमाडौंका मेयर र उपमेयर



काठमाडौं। महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ दोस्रो पटक सिसडोलमा पुगेका छन् । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन् । मेयर शाहले फोहोर व्यवस्थापनलाई आफ्नो प्राथमिकतामा राखेर तयारी अगाडि बढाइरहेका छन् ।

शाहले बिहीबार साँझ मात्र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका थिए ।

मन्त्री झाँक्री तथा मेयर शाह र उपमेयर डंगोलले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति : २०७९, २० जेठ शुक्रबार ००:००  १२ : २३ बजे