२०८२, १६ चैत्र सोमबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लव नेकपाका प्रवक्ताले भेटे गृहमन्त्री खाणलाई, आफ्ना कार्यकर्ता रिहाइको माग



काठमाडौं।गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ।

आज गृह मन्त्रालयमा भएको वार्तामा प्रवक्ता प्रकाण्डले विभिन्न बहानामा थुनामा रहेका पार्टीका नेता–कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ताको माग राखेका थिए।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेकपाका थुनामा रहेका नेता कार्यकर्ताको कानुन अनुरुप रिहाइ र मुद्दा फिर्ता लिने प्रक्रिया महान्यायाधिवक्ताको कार्यालयमार्फत सुरु गरिएको जानकारी दिए।

अझै देशैभर विप्लव नेकपाका १२० जना नेता कार्यकर्ता जेलमै छन् । उनीहरुको रिहा गर्न माग गर्दै नेकपाका नेताहरुले प्रधानमन्त्रीदेखि सत्ता गठबन्धन दलका शीर्ष नेताहरुलाई नियमित भेट्दै आएका छन् ।

प्रकाशित मिति : २०७९, २५ जेठ बुधबार ००:००  १२ : ०१ बजे