२०८१, ११ चैत्र मंगलबार | Tue Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानुषी यमी भट्टराई काठमाडौंबाट चुनाव लड्ने तयारीमा



काठमाडौं। जनता समाजवादी पार्टीकी नेता एवम् पूर्व विद्यार्थी नेता मानुषी यमी भट्टराई काठमाडौंबाट चुनाव लड्ने तयारी गरेकी छिन् ।

आगामी प्रतिनिधि सभा चुनावमा मानुषीले काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट चुनाव लड्ने तयारी भई रहेको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले बताए ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरकी स्ववियू सचिव समेत भएकी मानुषीले पार्टीबाट संघको चुनाव लड्न लागेकी हुन् । ‘मानुषी बस्ने क्षेत्र नम्बर ५ हो । त्यहाँका मतदाताले उहाँको माग गरेका छन् ।

क्षेत्र नम्बर ७ हिसिला यामीले चुनाव लडेको क्षेत्र हो ।’ अध्यक्ष श्रेष्ठले भने,‘कुन क्षेत्रबाट चुनाव लड्ने निश्चित भएको छैन । तर चुनाव पक्का लड्नु हुन्छ ।’

पार्टीमा आगामी संघको चुनावमा मानुषीलाई चुनाव लडाउने गृहकार्य गरिरहेको बताएको छ । २०७४ सालको चुनावमा क्षेत्र नम्बर ५ बाट ईश्वर पोखरेल र ७ बाट रामवीर मानन्धरले चुनाव जितेका थिए । मानुषी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व मन्त्री हिसिला यामीको छोरी हुन ।

प्रकाशित मिति : २०७९, २५ जेठ बुधबार ००:००  १२ : ०९ बजे