२०८२, १ असार आइतबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंको रञ्जना गल्लीमा पुरुषको शव भेटियो



काठमाडौं । काठमाडौं महानगरपालिका(२४, रञ्जना सोडा गल्लीमा एकजना पुरुषको शव भेटिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार टेकु घर भएका ३४ वर्षीय सुरेन महर्जनको शव भेटिएको हो ।

बुधबार बिहान साढे ६ बजे स्थानीयवासीले एक जना पुरुष अर्धचेत अवस्थामा देखेको भन्दै प्रहरी कन्ट्रोल १०० मा फोन गरेका थिए । लगत्तै प्रहरी टोली पुग्दा महर्जन मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

प्रकाशित मिति : २०७९, २५ जेठ बुधबार ००:००  १ : ०९ बजे