२०८३, १४ श्रावण बिहिबार | Thu Jul 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इम्बोस्ड नम्बर नेपाली भाषामा हुनुपर्ने लेखक संघको माग



काठमाडौं।नेपाली लेखक संघले सवारी साधनका इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा लेखिनुपर्ने माग गरेका छन्।

संघका अध्यक्ष तीर्थ श्रेष्ठले बुधबार विज्ञप्ति निकालेर अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट लेखिनु खेदजनक रहेको उल्लेख गरेका छन्।

अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयले नेपाली भाषाको अवमूल्यन गरेको लेखक संघको भनाइ छ।

सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने संविधानले स्वीकार गरेको पनि उनीहरूले बताएका छन्।

प्रकाशित मिति : २०७९, २६ जेष्ठ बिहिबार ००:००  ११ : ३६ बजे