२०८३, ५ असार शुक्रबार | Fri Jun 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंका जनप्रतिनिधिलाई प्रकाशमानको सुझाव– जनताको विश्वास जितेर काम गर्नुस्



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् ।

पार्टीबाट विजयी उम्मेदवारलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आज नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न सुझाव दिए ।

‘जनताले विश्वास गरेका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्,’ नेता सिंहले भने, ‘आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्नुस् ।’

काठमाडौं महानगरपालिकामा मेयर पद नजिते पनि ३२मध्ये १९ वटा वडामा जितेको बताउँदै उनले चुनाव फेरि–फेरि पनि आउँछ भन्ने कुरालाई ख्याल गरेर काम गर्न सुझाव दिए ।

उनले भने, ‘मलजल गर्यो भने नेपाली कांग्रेस अझ राम्रो हुन्छ । पार्टी र संगठनलाई केन्द्रमा राखेर काम गर्नुस् ।’ समयको माग अनुसार नचले आउँदा दिन अझै कठिन हुने उनले बताए ।

पार्टीका नेताहरु वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतले गरेको त्याग र योगदानलाई नबिर्सन उनले सुझाव पनि दिए ।

प्रकाशित मिति : २०७९, २६ जेष्ठ बिहिबार ००:००  १२ : २३ बजे