काठमाडौं । ललितपुरको सुनाकोठीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३, दियाले घर भएका २३ वर्षीय मिलन परियार छन् ।
उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । प्रहरीका अनुसार ती किशोरीलाई प्रलोभनमा पारेर परियारले १४ जेठमा साँझ जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी परेको छ ।
घटनाबारे जानकारी प्राप्त हुने वित्तिकै प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको
जनाइएको छ ।
थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।