२०८२, २५ माघ शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु



काठमाडौं। ज्यान मार्ने उद्योग अभियोगमा पक्राउ परेका मोरङको केराबारी गाउँपालिका–२ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको प्रहरी हिरासतमा मृत्यु भएको छ ।

जेठ २५ गते घरबाटै पक्राउ परेका ठकुरीलाई अदालतमा उपस्थित गराउन बिहीबार सरकारी वकिल कार्यालय मोरङमा पेस गरेको थियो । सरकारी वकिल कार्यालयमा बेहोस भएका उनको कोसी अस्पताल पुर्याए लगत्तै मृत्यु भएको हो ।

ज्यान मार्ने उद्योग मुद्दामा प्रतिवादी बनाइएका ठकुरीको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।

आफ्नै पत्नी सकुन्तला ठकुरीलाई आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा उनी पक्राउ परेका थिए । सकुन्तलामाथि आक्रमण भएको घटना २०७८ माघको हो ।

प्रकाशित मिति : २०७९, २७ जेठ शुक्रबार ००:००  १० : ५० बजे