२०८२, ७ श्रावण मंगलबार | Wed Jul 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु



काठमाडौं। जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्वरको बोलेरो जीप आज बिहान साढे ७ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले दुर्घटनामा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नं। ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा जुनीचाँदे–६ का २० वर्षीय लालबहादुर बुढा, दैलेख गुराँस गाउँपालिका–७ का २५ वर्षीय टोपबहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ का १३ वर्षीया विपना शाही, सोही ठाउँका ३९ वर्षीय विष्णुबहादुर शाही, १३ वर्षकी समिक्षा शाही, ३४ वर्षीया कालिका शाही, ३० वर्षका नरबहादुर शाही, १४ वर्षीया सविता शाही, ८ वर्षीया नमुना सिंह घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्दार गर्ने कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९, २७ जेठ शुक्रबार ००:००  ११ : ०५ बजे