२०८३, १ आश्विन बिहिबार | Thu Sep 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेट्रोलियम पदार्थको मुल्य वृद्धिविरुद्ध रुपन्देहीमा चक्काजाम



काठमाडौं। पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रुपन्देहीले जिल्लाका विभिन्न ठाउँमा चक्काजाम गरेको छ ।

अनेरास्ववियु रुपन्देहीको योजनामा बुटबलको मिलनचोक, भैरहवा, सैनामैना, देवदह लगायतका स्थानमा १ घण्टा चक्काजाम भएको हो ।

सडकमा उत्रेका विद्यार्थीहरुले मुल्यबृद्धि घटाउन माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

चक्काजामपछि कोणसभामा अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण पाण्डे, केन्द्रीय सदस्य साजन भण्डारी, जिल्ला अध्यक्ष शेषकान्त पोखरेल लगायतले बोल्दै पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि नघट्दासम्म चरणवद्ध आन्दोलन गर्ने बताए ।

प्रकाशित मिति : २०७९, २७ जेष्ठ शुक्रबार ००:००  १ : ०० बजे