२०८२, २४ असार मंगलबार | Tue Jul 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद खतिवडाको प्रश्न प्रधानमन्त्री ज्यू किसानले मल कहिले पाउँछन्



काठमाडौं । नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले कृषिमन्त्री र प्रधानमन्त्रीलाई किसानले रासायनिक मल कहिले पाउँछन भनि प्रशन गरेका छन् ।

संसदमा एमालेले दर्ता गराएको रासायनिक मल उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको लिखित प्रस्तावमा बोल्दै खतिवडाले मल उपलब्ध नभएका कारण गाउँ गाउँमा किसान ठूलो मर्कामा परेको बताए ।

सरकारकै कारण किसान कालोबजारीमा मल किन्न बाध्य भएको भन्दै सांसद खतिवडाले भने, ‘कृषि मन्त्री ज्यू, प्रधानमन्त्री ज्यू किसानले कहिले रायासनिक मल पाउँछ्न्

समयमै रासायनिक मल उपलब्ध गराउन संसदबाट सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले अर्कमण्यता देखाएको खतिवडाले बताए ।

मल ल्याउने बेला सरकार कानमा तेल हालेर बसेका कारण किसानको बारीको मकै पहेलो भएको, चैते धानको उत्पादन घटेको र असारको धान लगाउने बेलामा पनि मल खोज्न किसानहरु भौतारिरहेको उनले बताए ।

प्रकाशित मिति : २०७९, ३० जेठ सोमबार ००:००  १ : ३३ बजे