२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६० फिट गहिरो बोरवेलमा खसेका बालकको १०६ घण्टापछि सकुशल उद्धार



काठमाडौं। भारतको छत्तीसगढको जंजगीर–चम्पा जिल्लामा बोरवेलमा फसेका राहुललाई १०६ घण्टापछि मंगलबार राति उद्धार गरिएको हो । उद्धार गरेलगत्तै उनलाई बिलासपुरको एपोलो अस्पताल लगिएको थियो ।

गत राहुल शुक्रबार दिउँसो २ बजेतिर ६० फिट गहिरो बोरवेलमा खसेका थिए । प्रशासन, एसडीआरएफ, एनडीआरएफ र सेनाले यो अपरेशन अविरल र अथक रूपमा सम्पन्न गर्न सफल भएको हो । यस क्रममा उनले धेरै समस्याको सामना पनि गर्नु परेको थियो । यसलाई देशकै सबैभन्दा ठूलो उद्धार कार्य भनिएको छ ।

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले उद्धार कार्यको अनुगमन गरिरहेका थिए । उनी राहुलका आफन्तसँग सम्पर्कमा थिए । मंगलबार राति उनले सामाजिक सञ्जालमार्फत उद्धार कार्य सफल भएको जानकारी दिए । राहुललाई बाहिर निकाल्नेबित्तिकै उद्धारकर्ताहरूले ‘भारत माताकी जय’को नारा लगाएका थिए । उद्धार टोलीलाई मानिसहरूले ताली बजाएर र पटाका पड्काएर धन्यवाद दिएका थिए ।

पाँच दिनदेखि राहुललाई विशेष क्यामेराबाट निगरानी गरिँदै थियो । उनलाई खाना र पानीको व्यवस्था गरिएको थियो । उनको हौसला बढाउन लगातार कुरा गरिएको थियो। सेनाका जवानहरूले उद्धारको कमाण्ड आफ्नो हातमा लिएका थिए । राहुललाई डोरीले तानेर बाहिर ल्याइयो । उनको अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्स, चिकित्सकको टोली र चिकित्सा उपकरण तयारी अवस्थामा थियो । सुरुङदेखि एम्बुलेन्ससम्म करिडोर बनाइएको थियो । राहुललाई स्ट्रेचरबाट सिधै एम्बुलेन्समा ल्याइएको थियो ।

प्रकाशित मिति : २०७९, १ असार बुधबार ००:००  १० : ३४ बजे