२०८१, १९ पुस शुक्रबार | Fri Jan 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज सातै प्रदेशले बजेट ल्याउँदै, कृषि, पर्यटन र सडक प्राथमिकतामा



काठमाडौं। मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९र८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।

संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।

प्रदेश सरकारले आ(आफ्नो प्रदेश अनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन् । सातवटै प्रदेश सरकारको चालु आवको बजेट २ खर्ब ६१ अर्ब रहेको छ ।

प्रकाशित मिति : २०७९, १ असार बुधबार ००:००  ११ : ०६ बजे