२०८१, ६ जेठ आइतबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप फुटबल खेल्ने ३२ देशको लाग्यो टुंगो, कुन समूहमा कुन देश पर्यो



काठमाडौं । सामान्यतया गर्मी मौसममा फिफा विश्वकप फुटबल आयोजना हुने गर्छ । यति बेला विश्वकप फुटबलको माहोल तात्नुपर्ने थियो । तर यस पटक आयोजक रहेको कतारमा गर्मी धेरै हुने भएकाले विश्वकप जाडो महिनामा सारियो ।

कतारमा २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने विश्वकप खेल्ने ३१ वटै टुंगो बल्ल लागेको छ । अन्तरमहादेशीय प्लेअफअन्तर्गत मंगलबार राति भएको खेलमा कोस्टारिकाले न्युजिल्याण्डलाई १(० ले हराएर विश्वकपमा स्थान बनाउने अन्तिम टिम बन्यो ।

फिफाले यसअघि नै विश्वकपको समूह विभाजन सार्वजनिक गरिसकेकाले कोस्टारिका कठिन समूहमा परेको छ । स्पेन, जर्मनी र जापान रहेको समूह ‘ई’ मा कोस्टारिका परेको छ ।

कतार विश्वकपका लागि कोस्टारिकासँगै उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् । यस्तै युरोपबाट सर्वाधिक १३ राष्ट्र छनोट हुँदा एसियाबाट पहिलो पटक ६ राष्ट्रले विश्वकप खेल्दैछन् । अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएका छन् ।

२२औं संस्करणको पिफा विश्वकप कतारको ५ सहरको ८ मैदानमा खेलाइनेछ ।

उद्घाटन खेल समूह ‘ए’ मा रहेका नेदरल्यण्ड्स र सेनेगलबीच हुनेछ ।

कुन समूहमा कुन टिम परे,

समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स

समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अष्ट्रेलिया

समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका

समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,

समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

प्रकाशित मिति : २०७९, १ असार बुधबार ००:००  ११ : २८ बजे