२०८३, ९ असार मंगलबार | Tue Jun 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु



काठमाडौं। बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका(२ का छबिलाल बलामीको मृत्यु भएको छ ।

स्थानीय बडिगाड खोलामा मंगलबार राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड(२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए ।

बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको वडाध्यक्ष शेरचनले बताए ।

विद्युतीय शक्ति करेन्ट लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन् । यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २०७९, १ असार बुधबार ००:००  ११ : ३२ बजे