२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेलम्ची खानेपानी आयोजनाका मजदुरको करेन्ट लागेर मृत्यु



काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजलमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरीजल घर भएका २६ वर्षीय सनम तामाङ छन् ।

मंगलबार दिउँसो आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर सनमको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

करेन्ट लागेर गम्भिर घाइते भएपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा राखिएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७९, १ असार बुधबार ००:००  १२ : ०६ बजे