२०८२, १ श्रावण बुधबार | Wed Jul 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१६ किलो गाँजासहित ३ जना मकवानपुरबाट पक्राउ



काठमाडौं। प्रहरीले १६ किलो गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौडा उप(महानगरपालिका(११ बस्‍ने ४० वर्षीय किताब सिंह गोले, राक्सीराङ गाउँपालिका(१ बस्‍ने ३२ वर्षीय विक्रम कुमार गोले र सोही नगरपालिका बस्‍ने ३४ वर्षीय कुमार घ्यावा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले स्थित पुर्व(पश्चिम लोकमार्ग सडक खण्डमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना १ ज १६५६ नं।को यात्रुबाहक माईक्रो बस चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

्पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७९, १ असार बुधबार ००:००  २ : ३३ बजे