२०८१, १९ पुस शुक्रबार | Fri Jan 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट बनाउँदा नै व्यापारीका प्रतिनिधि राखेर कमिसन खाने काम भयोस् ओली



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको बजेट निर्माण गर्दा अनधिकृत व्यक्ति राखिएको बताएका छन्।

व्यापारीका प्रतिनिधि राखेर बजेट बनाउनुअघि नै कमिसन खाने काम भएकोसमेत ओलीले आरोप लगाएका छन्।

‘यहाँ त बजेट बनाउँदै गर्दा नै व्यापारिका प्रतिनिधि राखेर बजेट बनाइन्छ। बनाउनुअघि कमिसन खाएर बजेट बनाइन्छ भने के हालत भयो देशको,’ पार्टीबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिलाई आज काठमाडौंमा प्रशिक्षण दिने कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष ओलीले भने।

अर्थमन्त्री, अर्थसचिव, राजश्व सचिवलगायतले बजेट निर्माण गर्ने भए पनि अनधिकृत मानिसहरूले यसपालि बजेट बनाएको उनको भनाइ थियो।

‘अनधिकृत मानिसलाई ल्याएर, सेटिङ गरेर करका दर तोकियो,’ उनले भने, ‘कमिसन खाएर करका दर तोकिन्यो, यस्तो त कुनै राज्यमा हुन्न। कुनै प्रणालीमा कल्पना गर्न सकिन्न। पञ्चायतकालमा पनि यस्तो हुँदैनथ्यो।’

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयभन्दा बाहिरका मानिस ल्याएर करका दर हेरफेर गरेका खबरहरू प्रकाशित भएका थिए। यसबारे संसदमा बोल्दै शर्माले अनधिकृत मानिसले बजेट नबनाएको बताएका थिए।

यसैबीच एमाले अध्यक्ष ओलीले स्थानीय चुनावमा घेराबन्दीका बीचमा पनि एमालेका उम्मेदवारहरू निर्वाचित भएको भन्दै बधाई दिएका थिए।

प्रकाशित मिति : २०७९, २ असार बिहीबार ००:००  ५ : २५ बजे