२०८३, १ असार सोमबार | Tue Jun 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव– नशामा हस्ताक्षर गरिएला ख्याल गर्नुहोला



काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला ख्याल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी०को सन्दर्भ उठिरहेको बेला नेता नेपालले कहिलेकाहिं थाहै नपाई हस्ताक्षर गर्न सकिने भएकाले ख्याल गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन् ।

शुक्रबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी नेता नेपालले कूटनीतिमा दबावमात्र नभई थाहै नदिई फसाउने काम पनि हुने भन्दै ती कुराको ख्याल गर्नुपर्ने बताए । ‘कूटनीतिका धेरै पक्षहरु हुन्छन् ।

कहिले दबाव दिएर, कहिले फकाएर, थाहै नदिइकन, निदाएको बेलामा, ह्वीस्की खुवाएर’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘यो सबै हुने भएको हुनाले ह्वीस्की खाएर नशाको बेलामा सही गरिएला ख्याल गर्नुहोला ।’

उनले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीको बारेमा सुरुदेखि अहिलेसम्म के–के भयो भनेर सरकारले यथार्थ जानकारी दिनुपर्ने पनि बताए ।

प्रकाशित मिति : २०७९, ३ असार शुक्रबार ००:००  १० : ४५ बजे