२०८१, ६ जेठ आइतबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालले भुटानलाई दियो ९५ रनको लक्ष्य



काठमाडौं । एसीसी महिला टी(२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ९५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालका ओपनर ब्याटर चल्न नसक्दा भुटानसामु ९४ रनमा सिमित भएको हो ।

नेपालका लागि मध्य क्रमका ब्याटरहरुले दोहोरो अंकमा रन बनाउँदा अन्य भने खासै चल्न सकेनन् पाँचौं क्रममा आएकी काजल श्रेष्ठले नेपालका लागि सर्वाधिक २६ रन बनाइन् । चौथो क्रमकी ब्याटर ईन्दु बर्माले २० रन र छैटौं क्रममा आएकी कप्तान रुविना क्षेत्रीले २१ रन बनाइन् ।

भुटानका लागि सोनम पाल्दोनले सर्वाधिक ४ विकेट लिइन्। अञ्जु गुरुङ र तासी चेकीले समान १(१ विकेट लिए । ९५ रनको लक्ष्य पाएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २०७९, ३ असार शुक्रबार ००:००  ११ : ०९ बजे