काठमाडौं । परराष्ट्र मन्त्री डा। नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्बन्धी विषय टुंगिसकेकाले अब अगाडि नबढ्ने बताएका छन् ।
प्रधानमन्त्री, नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेकाले अब यसलाई थप कोट्याउनु आवश्यक नभएको उनको भनाइ छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहानको बैठकमा बोल्दै मन्त्री खड्काले भने, ‘यो टुंगिसकेको विषय हो । यो हाम्रो राष्ट्रिय हितमा छैन, अब अगाडि बढ्दैन ।’