२०८२, १ असार आइतबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छिमेकीको कुटाइबाट मृत्यु



काठमाडौं। पर्साको पकहाँमैनपुर गाउँपालिकामा छिमेकीको कुटाइबाट एक जनाको मृत्यु भएको छ । पकाहामैनपुर–१ धोरे बस्ने ६५ वर्षीय दशैं महराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार अनुसार गएराति ११स्२० बजेतिर महरा र छिमेकी महेश राम बिच झगडा भएको थियो । केही दिन अघि महेश रामको घरमा एक पुरूष पसेको विषयमा दुवै घरका महिला सदस्यबीच विवाद भएको थियो । त्यसैमा दशैं र महेश पनि मिसिन पुगेका थिए ।

विवादले उग्र रुप लिएपछि महेश रामले दशैंको टाउकोमा लाठीले हानेका थिए । लाठी प्रहारबाट बेहोस भएपछि उनलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको थियो । उपचारको क्रममा दशैं महराको गएराति १ बजे मृत्यु भएको हो ।

घटनामा संलग्न २ जना पक्राउ

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पर्साकै छिपरमाई गाउँपालिका २ टिहुकी बस्ने ३२ वर्षीय अर्जुन राम, महेश रामको श्रीमति ५२ वर्षीया रम्बा देबीलाई पक्राउ गरेको हो । कुटपिट गर्ने महेश राम फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । ‘मृतकको टाउकोमा चोट देखिएको छ, शरीरका अन्य भागमा पनि चोट हुन सक्छ ।

लाश जाँच मुचुल्का र पोष्टमार्टम लगायत अनुसन्धान प्रक्रिया बाँकी नै छ,’ उनले भने ‘घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं । फरार रहेका व्यक्तिको पनि खोजी गरिरहेका छौं ।’

प्रकाशित मिति : २०७९, ३ असार शुक्रबार ००:००  १ : ११ बजे