२०८२, १६ चैत्र सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्कुल हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसिन्



काठमाडौं। नुवाकोटको तादी गाउँपालिका–४ स्थित घिरौंले भिरमा स्कुल हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसेकी छिन् ।

सुन्दरा माध्यमिक विद्यालय सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको शव तादी खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोट डिएसपी रुपक खड्काले रातोपाटीलाई बताए ।

दुप्चेश्वर गाउँपालिका–६ घर भएकी शिक्षिका बा ९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् । उनको स्कुटर पनि खोलामा फेला परेको छ ।

प्रकाशित मिति : २०७९, ३ असार शुक्रबार ००:००  १ : १८ बजे