२०८२, ११ श्रावण शनिबार | Sun Jul 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिर्तामोडमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन



काठमाडौँ । झापाको बिर्तामोड नगरपालिकाले नगरपालिका भित्र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरूवात गरेको छ।

लामखुट्टेलगायत कीटजन्य रोग नियन्त्रणका लागि नगरपालिकाले अभियान अन्तर्गत तालिमप्राप्त २५ जनाको टोली परिचालन गरेको हो।

जनस्वास्थ्य निरीक्षक ओमबहादुर खड्काले बिर्तामोड डेङ्गुको जोखिम क्षेत्रभित्र रहेको जानकारी दिए।

नगरवासीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर अभियान सुरू गरिएको नगरप्रमुख पवित्रा महतारा प्रसाईँले बताए।

विषादी छर्किने प्राविधिकहरूलाई सही र प्रभावकारीरूपमा विषादी छर्कन निर्देशन दिइएको उनको भनाइ छ।

यही असार ४ गतेदेखि सुरू भएको अभियान १७ गतेसम्म सञ्चालन हुनेछ।

एकपटक छर्किएको विषादीले तीन महिनासम्म काम गर्ने नगरपालिकाले जनाएको छ।रासस

प्रकाशित मिति : २०७९, ५ असार आइतबार ००:००  ११ : २५ बजे