बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पत्रकाहरुले खोज र अनुसन्धानमुलक समाचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री लामाले सत्यतथ्य सुचनामा आधारित भएर पत्रकारहरुले कलम चलाउनु पर्ने बताउनुभयो । कसैप्रति पूर्वाग्रह राखेर समाचार लेख्दा त्यसले पत्रकारिता माथि नै विकृति ल्याउने उहाँको भनाई छ । मुख्यमन्त्री लामाले पत्रकारहरुले…