आजदेखि हेटौंँडा उपमहानगरपालिकाभित्रका १९ वडामा फोहर सङ्कलन अनिश्चितकालका लागि स्थगन गरिएको छ । मङ्गलबार उच्च अदालत पाटन, हेटौँडा इजलासले राप्ती नदी तटमा अर्को आदेश नभएसम्मका लागि फोहर नफाल्न उपमहानगरपालिकाको नाममा निषेधाज्ञा जारी गरेसँगै फोहर सङ्कलन तथा व्यवस्थापन स्थगित भएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरको कार्यालयले आज सूचना जारी गर्दै अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि…