सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा सुशासन र विकासका लागि अध्यादेश ल्याइएको बताउनुभएको छ । रफत सञ्चार क्लबको १५औँ वाषिकोत्सव कार्यक्रममा आज यहाँ बोल्दै उहाँले अध्यादेश संसद् छल्नका लागि नभई छिटो कानुन निर्माणका लागि भएको स्पष्ट पार्नुभयो । मन्त्री गुरुङले भन्नुभयो, “अध्यादेश जनताको अधिकार खोस्न ल्याइएको होइन, देशको सङ्कट चाँडो समाधान गर्न ल्याइएको हो…