काठमाडौं । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि कास्कीको अन्नपूर्ण गाउँपालिकामा ʿएक व्यक्ति, एक मास्कʾ अभियान सुरु भएको छ । गाउँपालिकालाई कोरोना भाइरसको जोखिमबाट जोगाउने लक्ष्यका साथ एक व्यक्ति एक मास्क अभियानलाई अनिवार्य गराउँदै ११ वटै वडामा नागरिकको घरदैलोमा कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले गाउँपालिकाभित्र अहिलेसम्म ३५ हजार मास्क वितरण गरिसकिएको जानकारी…