२०८१, ७ जेठ सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

योगदान राष्ट्रका लागि संस्थाको प्रथम स्वयंसेवक भेला सम्पन्न




योगदान राष्ट्रका लागि संस्थाको आयोजना तथा ओम समाज डेन्टल हस्पीटलको प्रायोजनमा प्रथम राष्ट्रिय स्वयंसेवक भेला राजधानीमा सम्पन्न भएको छ । प्रथामिक उपचार सम्बन्धी ज्ञान र सिप देशका हरेक नागरिलाई पुगोस् भन्ने उदेश्यका साथ योगदान राष्ट्रका लगि संस्थाले १० दिने प्रथम राष्ट्रिय स्वयंसेवक भेला आयोजना गरेको हो ।
कार्यक्रम मार्फत प्रशिक्षक तथा संस्थाका अध्यक्ष ओम उप्रेतीले मुलुक भरका सबै स्थानीय तह सम्म प्रथामीक उपचार सम्बिन्ध तालिमको पहुँच पुग्ने बताएका थिए । पौष १ गते देखि
संचालन गरिएको तालिममा विभिन्न जिल्लाका स्वमंसेवकहरुलाई प्रथामिक उपचार सम्बन्धी तालिम दिईएको छ । पहिलो चरणको तालिम आइतबार सम्पन्न भएको छ भने दोश्रो चरणको तालिम पौष ६ सोमबार बाट १० गते सम्म संचालन गरिने छ ।
तलिम लिएका स्वयंसेवकले आफ्नो जिल्लामा पुगेर आपतकालिन अवस्थामा प्रथामिक उपचार गर्न सक्ने छन् । यस निशुल्क प्रथामिक तालिमको अभियान चलाउदै आएका ओम
ओम उप्रेतीले व्यक्तीगत खर्चमा देशका ४६ जिल्ला पुगेर निःशुल्क प्रथामिक उपचार तालिम संचालन गरिसकेका छन् ।

प्रकाशित मिति : २०७७, ५ पुस आइतबार ००:००  ९ : ४२ बजे