बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले यातायातसम्बन्धी सबैखाले समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । नारायणी यातायात व्यवसायी सङ्घको ३६औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशन उद्घाटन समारोहलाई आज हेटौँडामा सम्बोधन गर्दै उहाँले यातायातसम्बन्धी नियम कानुन संशोधन गरी समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पार्नुभयो । राज्यले गर्नुपर्ने धेरै काम यातायात…