प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै विकास निर्माणमा थालिएका कामको प्रगति भइरहेको बताउनुुभएको छ । उहाँले मुलुकलाई समृद्ध बनाउन थालिएका विकास निर्माणका काम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउँदै महत्वपूर्ण आयोजनाको प्रगति प्रस्तुत गर्नुभयो । प्रधानमन्त्री ओलीले हालै सिद्धबाबा सुुरुङमार्गको ‘ब्रेक थ्रुु’ हुनुु एक उपलब्धि भएको उल्लेख…