काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि २५ अर्ब ६३ करोड ७० लाख २५ हजार रुपैयाँबराबरको बजेट प्रस्तुत गरेको छ। उपप्रमुख सुनिता डंगोलले सोमबार नगरसभाको १५औँ अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षका लागि महानगरपालिकाको अनुमानित आय-व्यय विवरण प्रस्तुत गरेकी हुन्। काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष ०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख…