पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको छ ।
नयाँ दरअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ ।
अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँमा कारोबार हुनेछ ।

इन्डियन आयल कर्पोरेसनबाट इन्धनको मूल्य घटेर आएकाले नेपाल आयल निगमको सञ्चालक समिति बैठकले यो निर्णय गरेको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।