२०८२, ६ बैशाख शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्यमी किसानलाई कृषि कर्जामा ब्याज अनुदान



कोशी प्रदेशका उद्यमी किसानले कृषि कर्जामा ब्याज अनुदान पाउने भएका छन् । उत्पादन मुलक उद्यम गर्ने व्यवसायिक कृषकलाई प्रदेशको उद्योग तथा कृषि मन्त्रालयले कर्जामा ब्याज अनुदान दिने भएको हो ।

प्रदेश सरकारले वर्षिक नीति तथा कार्यक्रम र बजेट अनुसार अनुदान परिचालनका विषयमा अहिले जिल्ला जिल्लामा सरोकारवालासँग अन्तरक्रिया गरिरहेको छ ।

बुधबार ओखलढुंगामा कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजना र प्रदेश सरकारको समन्वयमा आयोजित कार्यक्रममा उद्यमी कृषक, बैंक तथा वित्तिय संस्थाका प्रमुखहरु, गाउँपालिकाका उप–प्रमुख, सबै स्थानीय तहका कृषि शाखाका प्रमुखहरुसँग कृषि कर्जामा सरकारले दिने ब्याज अनुदानको मापदण्ड र पु¥याउनुपर्ने प्रकृयाका विषयमा जानकारी गराईएको थियो ।

अनुदानको अवधारण, कर्जा पाउन सक्ने किसानको छनौट, कर्जा प्रवाहमा पालना गर्नुपर्ने नियम, कृषि कर्जा स्वीकृति प्रक्रिया, कर्जाको सिमा, अवधि र शर्त, ब्याज अनुदान दर, ब्याज अनुदान भुक्तानी प्रक्रियालगायतको बिषयमा सरोकारवालालाई मन्त्रालयका कृषि कन्सल्टेन्ट नविन अधिकारीले जानकारी गराए । उनका अनुसार प्रक्रिया पुगेर अनुदानका लागि स्वीकृत हुने उद्यमी कृषकहरुले कृषि कर्जामा बैंकहरुको ६ प्रतिशत, वित्तिय संस्थाको ७ र सहकारीको ८ प्रतिशत ब्याज प्रदेश सरकारले भुक्तानी गरिदिने छ ।

ओखलढुंगामा कृषि कर्जामा ब्याज अनुदानका लागि जिल्लाका १४ वटा बैंक तथा वित्तिय संस्था छनौट भएका छन् । उद्यम गर्न चाहने कृषकलाई ब्याजमा अनुदान प्राप्त हुँदा कृषकहरुले अपेक्षित लाभ लिन सक्ने कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख टिका बानियाको भनाई छ । ब्याज अनुदानलले वास्तविक उद्यमी कृषकलाई सहज हुने उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले कृषिमा आउने अनुदान विगतमा बिचौलियाले खाने गरेको बताउँदै बास्तविक कृषकले पाउनुपर्नेमा जोड दिए ।  देशको समृद्धिको आधार कृषि नै भएकाले कृषि क्षेत्र र कृषकको उत्थानका लागि संघ, प्रदेश, स्थानीय तह र सरोकारवाला जुट्पर्ने उनको भनाई छ ।

सिद्धिचरण नगरपालिकाका उप–प्रमुख केदारबाबु बस्नेतले किसानमैत्री यो कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकारले भूमिका खेल्ने बताए । किसान छनौटमा स्थानीय तहसँग समन्वय गर्दा त्रुटी नहुने उपप्रमुख बस्नेतको भनाई छ ।

कृषि क्षेत्रमा व्यावसायिक रुपमा उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण तथा कृषि उपजको मूल्य अभिवृद्धिका लागि बैंक, वित्तीय संस्था र सहकारी संस्थामार्फत कृषि कर्जा परिचालन गरी कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराइ कृषि व्यवसाय प्रवद्र्धन गर्न प्रदेश सरकारले उद्यमी किसानलाई कृषि कर्जामा ब्याज अनुदान दिने कार्यविधि ल्याएको हो ।

प्रकाशित मिति : २०८१, २७ चैत्र बिहीबार ००:००  १० : ५४ बजे