२०८२, २ आश्विन बिहीबार | Fri Sep 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्वतमा पहिरो : श्रीमान्‌को शव फेला, श्रीमती बेपत्ता



भारी वर्षासँगै पर्वतमा पहिरो खस्दा एउटा घर पुरिएको छ । घरभित्र रहेका दुईजना पहिरोमा पुरिएका छन् । मोदी गाउँपालिका–३, लाङदीका छविलाल विकको घर पहिरोमा पुरिएको पर्वत प्रहरीले जनाएको छ ।

स्थानीय र सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । ७६ वर्षीय छविलालको शव भेटिएको छ । ७६ वर्षकै उनकी श्रीमती विष्णुमती बेपत्ता रहेको प्रहरीले जनाएको छ ।


आइतबार ( साउन ४ ) बिहान ४ः१५ बजेतिर खसेको पहिरोमा विकको घर पुरिएको हो । विक दम्पती पहिरोमा पुरिँदा उनका बुहारी ३२ वर्षीया पवित्राले भने भागेर ज्यान जोगाएकी थिइन् ।

पहिरोमा दुईजना पुरिएको जानकारी प्राप्त भएको पर्वत प्रहरी प्रमुख एवं डीएसपी रविन विष्टले बताए ।

उद्धारका निम्ति प्रहरी खटिए पनि ठाउँठाउँमा सडक अवरुद्ध, बाढी र पहिरोका कारण घटनास्थलमा पुग्न ढिलाइ भएको थियो ।

स्थानीयका अनुसार, गत वर्ष पनि उक्त स्थानमा पहिरो खसेको थियो । र, छविलालको एउटा घरको भित्ता फोडेको थियो । पालिकाले उक्त घरलाई पूर्ण जोखिममा राखेर सतर्क रहन आग्रह गर्दै आएको थियो ।

प्रकाशित मिति : २०८२, ५ श्रावण आइतबार ००:००  १० : ५७ बजे