काठमाडौं। निवर्तमान प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सरकारी निवास छाड्ने भएका छन्। देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न लागेका हुन्। आजै अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शपथ छ। प्रचण्डको शपथअघि नै देउवा बालुवाटार छाड्ने तयारीमा छन्। बालुवाटारबाट निस्केर पूर्वप्रधानमन्त्री देउवा कहाँ बस्न जाने हो यकिन…