काठमाडौं । यही पुस १३ गते रत्न राज्यलक्ष्मी क्याम्पस आरआर मा खुकुरी प्रहार गर्ने तीन विद्यार्थी निष्काशित भएका छन्। बिहान कक्षा सञ्चालन भइरहेका समयमा क्याम्पस परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट निष्काशन गरिएको क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले जानकारी दिए। आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष…