भक्तपुर। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली चोक नजिकै गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गठ्ठाघर बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का २७ वर्षीय पुण्यबहादुर बोहोरा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका बोहोराको उपचारको क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त ठिमीले जनाएको छ । काठमाडौँबाट भक्तपुरतर्फ…