काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उदण्डता देखाएको बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सत्तापक्षले अहंकारको भाषा बोलेको बताए । उनले भनेका छन्, ‘संसदभन्दा बाहिरै निर्णय गरेर छक्का हानेर रिङ आउट गरिदिन्छौं, सुन्दा पनि सुन्दैनौं, राष्ट्रपतिले विचारार्थ…