२०८१, ८ मंसिर शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्याम्पसको ध्यानाकर्षण, अनुशासनहीन गतिविधिको पक्षपोषण

छैन सुधारको भर, प्रतिष्ठा खस्किने डर



रूपन्देही। कुनै क्षेत्रमा निम्तिएको समस्याप्रति खबरदारी गर्नु राज्यको चौथो अंग सञ्चार क्षेत्रको दायित्व हो । सञ्चार माध्यमले गरेको खबरदारीलाई कतिले सकारात्मक लिएर सुधार तर्फ लाग्छन् त केही व्यक्ति  वा संस्था आफ्नो प्रतिष्ठा खस्किने डरले “हामी ठिक छौ” भन्ने नारा लगाउने गर्छन्। त्यही नारा अहिले देवदह नगरपालिकाको शितलनगर स्थित देवदह आदर्श बहुमुखी क्यापसले लगाएको छ । 

शनिबार अनलाइन सरोकारले उक्त क्याम्पसमा देखिएका अनुशासनहीन गतिविधिको खबरदारी सहित समाचार प्रकाशन गरेको थियो ।  क्याम्पसका पदाधिकारीले क्याम्पसको वातावरण सुधार गर्नु त टाढाको कुरा उल्टो समाचारलाई नै भ्रामक बताउँदै बिदाका दिन शनिबार नै निमित्त क्यापस प्रमुख जय किसान अधीकारीको हस्ताक्षर सहित हतार हतार विज्ञप्ति जारी गर्यो । 

हेर्नुहोस विज्ञप्ति…….

सरसरी हेर्दा क्यापस परिसरमा भएका अनुसासानहिन र अमर्यादित क्रियाकलाप सुधार गर्नुभन्दा पनि त्यसैलाई ढाकछोप गरेको देखिन्छ ।

जारी गरिएको विज्ञप्ति अनुसार विद्यार्थीद्वारा शुक्रबार कार्यक्रमका लागि मोबाइलको प्रयोग गरिएको भनिएको छ । यद्यपि उक्त कक्षाकोठामा गरिएको अधिकान्स भिडियो टिकटकमा अपलोड भएको मिती अनुसार एक महिना पहिलेको हो । अंग्रेजी मिति अनुसार भिडियो अगस्ट १४ मा अपलोड गरिएको छ । नेपाली मिती अनुसार साउन २९ भिडियो राखिएको पाइन्छ । 

नेपाली मिती अनुसार साउन २९ भिडियो राखिएको पाइन्छ । 

समाचार प्रकाशन भएसँगै एक विद्यार्थीले अनलाइन सरोकारका समाचार प्रमुखसँग टिकटककालागि शिक्षकलेनै अनुमति दिएको बताइन् । उनले भनिन् ‘सरहरूको अनुमति बिना कुनै भिडियो अपलोड गरिएको छैन’ सरहरुले हुन्छ भनेपछि मात्र गरेको हो ।   

यता शिक्षक कृतीम भण्डारीको जवाफ भने ठिक विपरित छ । उनका अनुसार विद्यार्थीलाई अध्यापनको क्रममा स्लाइड, प्रिजेन्टेसनमा सहयोग हुने भएकाले मोबाइल बन्देज लगाइएको छैन । उनले भने ‘कक्षाकोठामा  मोबाइल  फोनको अनुमति छैन तर विद्यार्थीलाईअध्ययनमा  सहयोग  हुने भएकाले  ल्याउन दिएका हौ’ ऊनले थपे ‘आफ्नो तरिकाले पढाइराखेको हुन्छु कति बेला भिडियो गरेछन् थाहा पाइएन’ ।  उनले  भिडियो सामाजिक सञ्जालमा देख्दा पटक पटक विद्यार्थीलाई सम्झाएको भएपनि विद्यार्थी अटेर गरेको उल्लेख गरे ।  

हेर्नुहोस् तथ्य : अगाडि शिक्षक पढाउने विद्यार्थी टिकटक बनाउने । 

समग्रमा क्याम्पस परिवारले नै क्याम्पसका अनुशासनहीन गतिविधिलाई सुधारको बाटो हैन ढाकछोप गर्न खोजेको देखिन्छ ।

क्याम्पसको प्रतिष्ठामा आच पुर्याउनु हाम्रो उद्देश्य होइन । तर क्याम्पस कै सुधारका लागि समाचार प्रकाशन गर्दा भ्रामकको ट्याग दिनु लज्जाको विषय हो । क्याम्पसका सरोकारवालाहरूको ध्यान आफ्नो कमजोरी ढाकछोप गरि विज्ञप्ति जारी गर्नमा भन्दापनि क्याम्पस सुधार तर्फ केन्द्रित हुन आवश्यक छ । 

प्रकाशित मिति : २०७९, २६ भाद्र आइतबार ००:००  ४ : ०४ बजे