काठमाडौं। ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिए ।…