विकास निर्माणका आयोजना वषौं अलपत्र पर्ने समस्या रहेको ओखलढुंगामा दुईवटा योजना समय अगावै सम्पन्न भएका छन् । निर्वाचन क्षेत्र स्तरीय रिङरोड र सिस्नेखोला पुल निर्माणको काम सक्नुपर्ने समय भन्दा एकवर्ष अगावै सम्पन्न भएका हुन् । प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जिल्लाबाट निर्वाचित भएपछि रोजेको उच्चस्तरीय चक्रपथ निर्माणको योजना अन्तरगत निर्वाचन क्षेत्र…