उदयपुरको त्रियुगा नगरपालिका–७, चुहाडेमा जन्मदिनको भोज खाएपछि २७ जना बिरामी परेका छन् । स्थानीय जितेन्द्र राईको घरमा बिहीबार साँझ आयोजना गरिएको भोजमा सहभागी भएकाहरुमा पेट दुख्ने समस्या देखिएपछि उनीहरुलाई जिल्ला अस्पताल गाईघाटमा भर्ना गरिएको हो । बिरामीहरूमा एक्कासी झाडापखाला लाग्ने, वान्ता हुने र पेट दुख्ने जस्ता साझा लक्षणहरू देखिएका छन। अस्पतालका सूचना अधिकारी सुरेशकुमार पाण्डेले…