भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरूले माइतीघरमण्डलामा प्रदर्शन गरिरहेका छन् । स्वतस्स्फुर्त रूपमा माइतीघरमण्डलामा भेला भएका उनीहरूले विभिन्न नाराका साथ प्रदर्शन गरिरहेका छन्। ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका…