उदयपुरमा विद्यालयका प्रधानान्यापकले आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई विद्यालय हाताभित्रै नै जबरजस्ती करणी गरेको आरोप लागेको छ । बेलका नगरपालिका–२ शिवालय टोल घर भएका ४७ वर्षीय प्रिन्सिपल युवराज श्रेष्ठले १४ वर्षीया छात्रामाथि करणी गरेको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । बेलका नगरपालिका–२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङकी ती छात्रामाथि जबरजस्ती करणीको…