प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । राणालाई बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन् । शपथ गराए लगत्तै सांसदलाई संसद्को…