काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक बिदा दिने निर्णय गरिएको बताएका छन् । जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अहिलेको परिवर्तन ल्याउने प्रमुख आन्दोलन ‘जनयुद्ध’ को औचित्य सिद्ध गर्न सरकारले बिदा दिने निर्णय गरेको बताए । उनले भने, ‘हामीलाई असफल हुने छुट छैन । केही समयदेखि संविधानमाथि प्रश्न…