करिब एक महिना पोखरामा बिताएर काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतसहित शक्ति प्रदर्शनको तयारी गरिएको छ । राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं समूह, राजावादीका विभिन्न समूहलगायतले छुट्टाछुट्टै शक्ति प्रदर्शन गर्न लागिएको जनाइएको छ । पूर्वराजा शाह दिउँसो काठमाडौं ओर्लिनासाथ विमानस्थल, गौशाला, चाबहिल, महाराजगन्जचोक हुँदै निर्मल निवास पुर्याउने तयारी गरिएको राजावादी समूहले जनाएका छन् ।…