२०८१, २६ चैत्र बुधबार | Thu Apr 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको तयारी पूरा



काठमाडौँ, २३ फागुनः अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को आयोजनामा यही फागुन २५ गतेदेखि राजधानीमा सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ ।

सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त प्रतियोगितामा कुल ९१ वटा खेल सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनका अनुसार प्रतियोगिता दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

प्रतियोगितामा देशभरका १४ क्लबको सहभागिता रहने छ । जसमा आरसिटी क्लब, श्री भगवती क्लब, टुसाल युथ क्बल, ब्रिगेड व्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब र बाँसबारी क्लब सहभागी छन् ।

त्यसैगरी श्रीकुमारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्बल र प्लानिङ युनाइटेड क्लब रहेका छन् । एन्फाले उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रतियोगिताको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडिएसी स्पोर्टस्लाई प्रदान गरेको छ । उक्त प्रतियोगिताको टिकट दर दशरथ रङ्गशालामा साधारण प्याराफिटतर्फ रु एक सय र भिआइपी प्याराफिटतर्फ रु तीन सय तोकिएको छ । त्यस्तै सातदोबाटोमा सामान्य प्याराफिटर्फ रु एक सय कायम गरिएको छ ।

प्रतियोगिताको विजेताले रु १५ लाख प्राप्त गर्ने छभने उपविजेताले रु १० लाख पाउने छ । त्यसैगरी तेस्रो हुने टोलीले रु पाँच लाख पाउने छ । प्रतियोगितामा फेयर प्ले टिमले रु एक लाख, उत्कृष्ट गोलकिपरले रु ५० हजार, सर्वाधिक गोलकर्ताले ५० हजार र प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले रु सात हजार पाँच सय पाउने छ ।

त्यसैगरी हरेका खेलका विजयी हुने टोलीले रु २५ हजार तथा बराबरी भएमा टोलीले रु १० हजार पाउने छ । उक्त प्रतियोगिताको सञ्चालनका लागि कुल रु तीन करोड ९३ लाख एक हजार आठ सय १३ लाग्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता आगामी जेठ २५ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : २०८१, २३ फाल्गुन शुक्रबार ००:००  ५ : ४५ बजे