२०८२, १५ जेठ बुधबार | Wed May 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुलमान विद्युत विकासको बाधक : कांग्रेस सह–महामन्त्री उपाध्याय



नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेपालको विद्युत विकासको बाधक भएको बताइन् । प्रेस युनियनले ओखलढुंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा सह–महामन्त्री उपाध्यायले घिसिङले नेपालको उर्जा विकासमा बाधक बनेकाले सरकारले उनलाई हटाउने तयारी गरेको बताएकी हुन् ।

जिम्मेवार पदमा बसेर घिसिङले उर्जा क्षेत्रको विकासका लागि सरकारले अघि सारेको नीतिमा अवरोध गरेको उपाध्यायको भनाई छ । उनले भारत बंगलादेशसहितका मुलुकमा विद्युत विक्रि गर्ने काममा त्रुटी गरेको र नेपालमा विद्युत उत्पादनमा समस्या सिर्जना गरेर एउटा कर्मचारीले सिङ्गो सरकारलाई नै विवादमा तान्न खोजेका कारण उनको विकल्प खोज्न सरकार बाध्य भएको बताइन् । ‘कुलमानका विषयमा सरकारले गम्भिरताका साथ लिएको छ । उनि नेपालको उर्जा विकासको बाधक भए त्यस कारण सरकारले हटाउने तयारी गरेको हो ।’ उपाध्ययाले भनिन् ‘कुलमानका विषयमा कांग्रेसमा छलफल भएको छैन तर विद्युत विकासमा बाधा पुगेपछि उनलाई हटाउनुपर्छ भन्नेमा हाम्रो सहमति छ ।’ वर्तमान सरकार र ठुला दुई दलको सत्ता साझेदारी मुलुकको बृहत्तर हितका लागि भएकाले कांग्रेस–एमालेको सहयात्रा अर्को निर्वाचन सम्म कायम रहने उनको भनाई छ ।

देशको निर्वाचन प्रणाली र समावेशिताका सवालमा नीतिगत सुधार गर्दै देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने सह–महामन्त्री उपाध्ययाले बताइन् ।

प्रकाशित मिति : २०८१, २३ फाल्गुन शुक्रबार ००:००  २ : ५४ बजे